१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

पूर्व अर्थमन्त्री लोहनी भन्छनः अर्थ मन्त्रालयको नाम परिवर्तन गरेर ‘अनर्थ’ राखाैँ

२५ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिका अध्यक्ष एवं पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले अर्थमन्त्रालयको नाम नै परिवर्तन गर्न प्रस्ताव गरेका छन । उनले अब मन्त्रालयको नाम परिवर्तन गरेर ‘अनर्थ’ राख्न प्रस्ताव गरेका छन ।

थोरै बौद्धिक अर्थशास्त्रीको सूचीमा अग्रभागमा नाम आउने डा लोहनीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्प्णी गर्दै अर्थमन्त्रालयको अहिलेकै गति जारी रहे दुई वर्षमा देश ऋणको खोरमा पर्ने पनि उल्लेख गरेका छन ।

उनले प्रमुख पार्टीका नेता भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देशको अर्थतन्त्र बिग्रेकोमा कुनै चिन्ता नदेखिएको र मतलब पनि नगरेको बताएका छन ।

डा लोहनीले भनेका छन, ‘हालै प्रकाशित आर्थिक तथ्यांक पढ्दा एउटा निस्कर्ष निस्किन्छ: अबदेखि नेपालको अर्थ मन्त्रालयलाई अर्थ मन्त्रालय नभनेर “अनर्थ” मन्त्रालय भने हुन्छ यहि ऐले को गति रह्यो भने आउदो दुई वर्षसम्ममा नेपाल ” ऋणको खोर” भित्र पर्ने देखिन्छ । तर शेर जी, केपी जी र पुष्पकमल जी लाई यो कुरोको कुनै मतलब देखिदैन । नेपाल उहाँहरुको लागि चिन्ताको विषय रहेन ।’

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०९:४३