३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

असक्षम नेतृत्व राख्नु भन्दा पर्यटन बोर्ड खारेज गरे हुन्छः तारा लामिछाने (भिडियोसहित)


पर्यटन व्यवसायी तारा लामिछानेले नेपाल पर्यटन बोर्डको औचित्य माथि प्रश्न उठाएका छन । बुधबार बिहान बिज एफएम ९४.९ को बिज विशेषमा कुरा गर्दै व्यवसायी लामिछानेले बोर्डको नेतृत्व असक्षमताका कारण आजका दिन बोर्डको औचित्य नै करिब सकिएको बताए ।

उनले पर्यटनका नाममा परिवारका सदस्यलाई विदेश घुमाएर बस्ने संस्थालाई सुदृढ गर्ने वा खारेज दुई विकल्पमात्र रहेको बताए । उनले भने ‘पर्यटन प्रवर्दनका नाममा धेरैजसाे कर्मचारीले परिवारको सदस्यलार्इ विदेश घुमाउने गरेको र विदेशमा हुने प्रदर्शनीमा स्टलमा बस्नु पर्ने मान्छे घुम्न हिडेको हाम्रो अाफ्नै अाँखाले देखेका छाैँ ।’

विगतमा व्यवसायीको आन्दोलनको बलमा प्रमुख कार्यकारी अधिकृत भएका दीपक जोशीमा हरेक कामका विषयमा हुन्छ भन्ने तर काम नगर्ने परिपाटी बसेको गुनासो गरे ।

टानका पूर्व सदस्य र राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सह कोषाध्यक्ष समेत रहेका लामिछानेले टिम्सको विवाद अन्त्यका लागि जोशीले सकारात्मक भूमिका खेल्न नसकेको आरोप लगाए । उनले जोशीकै कारण आज टान करिब टाट पल्टिने अवस्थामा पुगेको बताए ।

व्यक्तिका कमजोरीले संस्थामाथि पूर्वग्रह राखिएको भन्दै उनले २०७० सालदेखि आजका दिनसम्म बोर्डले अाक्रामक रूपमा पर्यटनको प्रचारसमेत गर्न नसकेको बताए । व्यवसायी लामिछानेले टिम्सको रकम रोकिदाँ टानले नयाँ गन्तव्यको पहिचान गर्न नसकेको बताए ।

लामिछानेसँगको कुराकानी तल सुन्न र हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १०:१८