१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

माधवकुमार नेपाल निकट समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन भ्रष्टाचारी ठहर

१३ असार, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गिय संगठन समाजवादी प्रेस संगठनका महासचिव रामकुमार रिजाल ‘एलन’ भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतका अध्यक्ष श्रीकान्त पाैडेलसहितको इजलाशले पत्रकार एलनसहितलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

नेकपा एकीकृत समाजवादीका नेता एवं मकवानपुरको कैलाश गाउँपालिकाका पूर्व अध्यक्ष टंक बहादुर मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल पनि भ्रष्टाचारी ठहर भएका छन ।

अख्तियारले मुद्दामा लिएको मागदाबी ।

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबी गरे अनुसार नै अभियुक्तहरूको भ्रष्टाचार ठहर गरेको हो । यसअघि २०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मोक्तान र रिजालसहित मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापाल त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलको विरूद्धमा भ्रष्टार मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

आयोगले अध्यक्ष मोक्तान, फिलिंगो मिडियाका सञ्चालक पत्रकार रामकुमार रिजाल लगायतको संलग्नतामा रु.२,६०,९००।- (अक्षेरूपी दुई लाख साठी हजार नाै सय रूपैयाँ) भ्रष्टाचार भएको ठहर सहित मुद्दा दर्ता गरेको थियो । आयोगले युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुन्सधानबाट पत्ता लगोको थियो । उक्त तालिम दिनका लागि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव डा विजय पाैडेल लगायत पनि पुगेका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा एसका नेता टंक मोक्तान र पत्रकार रामकुमार एलनविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति : १३ असार २०८०, बुधबार २२:०९