१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

१२ अर्ब ठगेर भागेका अर्थन्युज टेलिभिजनका सञ्चालक शर्मा भारतबाट पक्राउ


१२ असार, काठमाडाैं । सहकारीका बचतकर्ताको १२ अर्ब रकम ठगेर भागेका अर्थन्युजएचडी टेलिभिजनका सञ्चालक केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले शर्मालाई भारतबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेर सोमबार काठमाडौं ल्याएको हो । उनी नेपालबाट भागेर भारतको मुम्बईमा एकजना भारतीय नेताको घरमा लुकेर बसेका थिए । ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरेको पुष्टि गरेकी छन् । उनले शर्मा नेपालबाट भागेर महाराष्ट्र राज्यमा लुकेर बसेको अवस्थामा फेला परेको बताइन् । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने तयारी छ ।

शर्मा अध्यक्ष रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले १२ अर्बभन्दा धेरै रूपैयाँ सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । घटनामा मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनी बिरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ । उनी भागेपछि उनले लगानी गरेर सञ्चालन गरेको अर्थन्युजएचडी टेलिभिजन गत शुक्रबारबाट बन्द भएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:१६