बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैनः सांसद केसी
१० असार, काठमाडौं । सांसद चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतको आदेश मान्दिन भन्न नमिल्ने बताएका छन् ।
आईतवार प्रतिनिधिसभा बैठकमा सांसद केसीले बजेटले भेदभाव र अन्याय गरेको पनि बताए । उनले भने ‘बालेनले केही सहीगर्यो भन्दैमा अदालतको निर्णय त मान्दिन भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्नी ? ’
जे पनि गर्न मिल्ने नेपालमा बजेट संशोधन गर्न मिल्दैन भन्नु अचम्मको पक्ष भएको भन्दै बजेट भेदभाव र अन्यायले भरिएको बताए । उनले भने, ‘मेरो कुलो बनेन, स्कुल बनने, बाटो बनेन, भनेर हैरान पारेका छन् । यहाँ भान्सेहरुले आ-आफ्नो क्षेत्रमा बजेट राखे । जसको शक्ति बल छ । उसले आफ्नो क्षेत्र, जिल्लामा लगानी गर्छ, जहाँ नियमपूर्वक काम गर्नुपर्नेछ त्यहाँ उनीहरुले भेदभाव गर्छन् । बजेट पास हुन कठिन नै छ ।
बजेटको निहुँमा अहिले कांग्रेस र एमाले पनि एक ठाउँमा भएका छन् । ४ / ५ महिना यिनीहरु एक अर्कालाई सिध्याउनेमा लागे । अब यी साना पार्टीले रजाई गरे हामीले तिनीहरुले दिएको मात्र खाएर बस्न पर्नेभयो भनेर फेरि उनीहरुको चोचो मोचो मिलाई राखेका छन् । त्यसकारणले के गर्छन् भनेर भन्न सकिन्न ।’
सांसद केसीले नेपालमा देशको सार्वभौम सत्ता विक्रि गरेर खानेहरु रहेको जिकिर गर्दै छिमेकीको रणनीति बुझेर कामगर्नु पर्ने बताए । उनले भने, ‘यहाँ देशको सार्वभौमसत्ता अखण्डता विक्रि गरेर खाई राखेका छन् । अहिले पनि अङगीकृतबाट जन्मेका लाखौँलाई वंशजमात्र बनाएनन् । राष्ट्रपति, पार्टी र सरकार मिलेर त्यसमा त बालेन शाहको आवाज सुनिएन त ? बालेनले अदालतको निर्णय मान्दिन भनिराखेका छन् । अदालतको निर्णय त मान्नुपर्यो नि । भारतले त्यतिमात्र भन्दैन । उसले त नेपाललाई सिक्किम बनाउने योजना साथ चलिरहेको छ भूगोल कति कब्जा गरिरहेको छ । ’
प्रकाशित मिति : June 25, 2023 at 5:16 pm









