११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

तने बोडी प्रतिकेजी ८० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

१० असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आईतवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ८०, मकै बोडी ७०, लोकल घिउ सिमी लोकल ७०, राजमा सिमी ८०, भटमासकोशा ९०, मटरकोशा १८०, तितो करेला ७०, लौका ६०, परवल लोकल ५०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ३०, घिरौंला ५०, भिण्डी ८०, स्कूस ५०, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ९०, तोफु १००, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

तोरीको साग ३० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ ९० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ७०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००, जुनार २२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : June 25, 2023 at 9:14 am