कलाको अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन्ः प्रधानमन्त्री प्रचण्ड
९ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कविता र साहित्यको अनुरागी भएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साहित्यप्रति तिब्र अभिरुची हुँदा हुँदै पनि राजनीतिको चपेटाले ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद नभएको बताएका हुन् ।
उनले भने,‘ म पनि कविता साहित्य कलाको अनुरागी हुँ । मलाई साहित्यप्रति तिब्र अभिरुची त छ । तर राजनीतिको चपेटाले मलाई कहिँलेपनि त्यतापट्टी ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद दिएन ।’
उनले प्रज्ञा प्रतिष्ठानको वर्तमान नयाँ नेतृत्वको तर्फबाट सरकार समक्ष आएका प्रस्तावहरुप्रति सरकार सकारात्मक रहेको बताए । साथै प्रतिष्ठानलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता समेत जनाए ।
उनले भने, ‘प्रज्ञा प्रतिष्ठानको वर्तमान नयाँ नेतृत्वको तर्फबाट सरकार समक्ष आएका नयाँ र श्रृजनात्मक प्रस्तावहरुप्रति सरकार सकारात्मक छ । सरकारको तर्फबाट आवश्यक पहल पनि भईरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको सामाजीक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संथागत गर्न सांस्कृतिक रुपान्तरणको अभियान अगाडी बढाउन जरुरी रहेको टिप्पणी गरे ।
नेपाली समाजमा जरा गाडेर बसेको सामन्तवाद संस्कृति र आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संगीत समानुपातिक ,गणतान्त्रीक यूग अनुरुपको संस्कृति निर्माण गर्नु आजको प्रमुख दायित्व भएको उनको भनाई छ ।
प्रकाशित मिति : June 24, 2023 at 2:29 pm









