४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः प्रधानमन्त्री प्रचण्ड


८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सांसद अर्जुननर सिंह केसीको प्रश्नमा प्रधानमन्त्री दाहालले तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधानका लागि पनि व्यवस्था मिलाइएको बताए ।

उनले भने ‘कृषि उपजको बजार प्रणालीमा कृषकले न्युन मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रमख खाद्यान्न वालीको सिजनपुर्वनै समर्थन मुल्य तोक्ने व्यवस्था नेपाल सरकारले गरेको छ । दूध उत्पादक किसानले पाउने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकहरुलाइ ७० रुपैयाँ प्रतिक्वीन्टलको हिसावले अनुदान उपलव्ध गाराउने व्यवस्था मिलाइएको छ । तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधान गर्न विकेन्द्रित प्रणली अपनाई प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार गर्ने गरि कार्य अगाडि बढेको छ । ’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १३:०८