८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

यो वर्ष विगतमा जस्तो मल अभाव हुँदैन्ः प्रधानमन्त्री प्रचण्ड


८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले याे बर्ष मलको अभाव नहसने बताएका छन् । संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद अब्दुल खानले, किसानका समस्या मलको समस्याबारे उठाएको प्रश्नको जवाफ दिँदै प्रधानन्त्री प्रचण्डले, रासायनीक मलको आयात विगतको तुलनामा सुदृढ भएको दाबी गरेका हुन् ।

सरकारले किसानलाई मल उपलब्ध गराउन सरकार जिम्मेवार भएर लागेको उनको तर्क छ । ‘ २०७९ श्रावणमहिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिकटन रासायनीक मल आयात भएको छ । त्यो मध्ये ७१ हजार मेट्रिकटन विभिन्न विक्रि डिपोहरुमा मौजात छ ।’

उनले भने धान रोप्ने सिजनमा विगतमा जस्तो मल अभाव हुने अवस्था यो बर्ष हुने अवस्था रहेको छैन् । सुरुमा रासायनीक मलको लागि १५ अबर छुट्याइएको भएपनि थप २३ अरबको स्रोत सुनिस्चित गरि मल आपूर्ति प्रक्रियालाई सुनिश्चित गरिएको छ ।

यसबाट सरकार किसानहरुको लागि रासायनीक मल उपलब्ध गराउन जिम्मेवार रहेको प्रष्ट हुन्छ । त्यसअघि सांसद खानले धानको विउ राखिसकेका किसानहरुले मलको हाहाकार भोग्नु परेको भन्दै प्रश्न उठाएका थिए । भारतबाट किसानले मल ल्याउन पनि प्रतिवन्ध गरिएको भन्दै उनले नत हामी दिन सक्छौं । न त ल्याउन सक्छौं । पैसा तिरेर पनि हाम्रो सरकारले किन मल किन्न सकिरहेको छैन् । स्पष्ट जवाफ चाहिन्छ भन्दै प्रश्न सोधेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १२:२०