नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो छः मन्त्री किराँती
६ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले सगरमाथा भन्दा अग्लो सीमाना दुनियाँमा कतै नभएको भन्दै सीमाना जति नै अग्लो दुई देशबीचको सम्बन्ध रहेको बताए ।
उनले भने,‘सगरमाथा विश्व शिखर मात्र हैन विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यति अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ । उनले दुई देश बीचको सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने समेत बताए ।
प्रकाशित मिति : June 21, 2023 at 1:12 pm









