१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

६ असार, काठमाडाैं । कुमारी बैंकले साझा पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। मंगलबार कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।

साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए ।

सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनीको मुख्य लगानी रहेको छ। यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावरका प्रबन्ध निर्देशक नेपालले बताए।

यस आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ ।  जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ। बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ।

निर्माण सुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने लक्ष लिएकाे यस आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ ।

प्रकाशित मिति : June 21, 2023 at 12:55 pm