९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

१ः८ अनुपातमा हकप्रद जारी गर्दै एक जलविद्युत कम्पनी, प्रतिकित्ता मूल्य ५० रुपैयाँ

४ असार, काठमाडाैं । साङ्गे विद्युत कम्पनीले चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री गर्ने भएको छ। कम्पनीकाे जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीको हकप्रदमा असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ ।

हाल कम्पनीको प्रति कित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ । सेयरधनीहरुले आफ्नो हक वा सोभन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउनेछन्। दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 19, 2023 at 11:30 am