२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

‘आदिपुरुष’ को निर्माण कम्पनीले बालेनलाई पत्र लेख्दै माग्यो माफी

४ असार, काठमाडौं । ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ ।

निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन् ।

कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा बोलिएको भन्दै कलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, ‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं, राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो ।’

प्रकाशित मिति : June 19, 2023 at 11:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/