८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

माल्दिभ्सलाई हराउदैँ नेपाल फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा

४ असार, काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा आइतवार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अंकले पराजित गर्दै विजयी हासिल गरेको हो ।

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछि लगातार पाकिस्तान र बंगलादेशलाई हराएर अहिले तेस्रो जीत हासिल गरेको हो ।

जीतसँगै ४ खेलमा ७ अंक जोड्दै नेपाल शीर्षस्थानमा, समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा, समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा रहेको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १०:३८