२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सेयर बजारमा उछालः चार अर्ब ८६ करोडको कारोबार, ८ कम्पनीको सेयरमा सकरात्मक सर्किट

३ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उछाल आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अकंले बढेर २०९४.३३ बिन्दुमा बन्द भएको छ । आज २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समूहको सेयर ०.२९ प्रतिशतले घटेको छ भने अन्य १२ उपसूचकमा भने हरियाली छाएको छ । आज  आठ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियम हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:23