२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

पत्रकार विमल नेपालको “पिपला” लोकार्पण


२ असार, काठमाडाैँ । पत्रकार विमल नेपालको पहिलो पुस्तक उपन्यास “पिपला” आज एक कार्यक्रम वीच लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा, काठमाडौमा उक्त उपन्यास लोकार्पण गरिएको हो । साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारीले र लेखककी आमाले संयुक्त रुपमा विमोचन गरेका थिए ।

उक्त उपन्यास माथी पाण्डे, बानियाँ र अधिकारीले चर्चा-परिपर्चा गरेका थिए । पत्रकार राजिव खत्रीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । लेखकले उक्त उपन्यास लेख्दाको भोगाई समेत सेयर गरेका थिए । उक्त उपन्यास इन्डिगो इन्कले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार १८:००

https://srdb.com.np/