६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नेपाली समाजमा अझै पनि पितृसत्तात्मक अवशेषहरु बाँकी छन्ः गृहमन्त्री श्रेष्ठ

१ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले समाजमा सामन्तवाद र पितृसत्तात्मक अवशेषहरु पनि अझै पनि रहेको बताएका छन् ।

शुक्रवार नवनारी १६ औं वार्षिकोत्सव समारोह तथा नवनारी सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले महिलाहरुलार्ई हरेक क्षेत्रमा प्रतिभा प्रस्फुटनको लागि वातावरण बनाउन राज्यको तर्फबाट सम्पूर्ण प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘सामन्तवादका अवशेषहरु अझै पनि छन् । पितृसत्तात्मक अवशेषहरु पनि अझैपनि भएका कारणले नारीलाई अप्ठ्यारो परेको छ । त्यसलाई समाधान गर्ने र महिलाहरुलाई हरेक क्षेत्रमा प्रतिभा प्रस्फुटनको लागि वातावरण बनाउन राज्यको तर्फबाट सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले आफुहरुको कार्यभार राजनीतिक परिवर्तनलाई राजनीतिक उपलब्धिको रुपमा मात्र सीमित नराखी राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्ने रहेको बताए । विकास र समृद्धिको फन्को मारी त्यसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने विकास अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १५:१६