८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच भेटवार्ता

१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।  भट्टराई समाजवादी मोर्चाको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि डाक्टर भटट्राईले, आफूहरुबीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भिर सहमति भएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘प्रमपुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण,संघीय बजेट,TRC लगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार,प्रस्तावित समाजवादीमोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी! बाहिर चलेका हल्लामानबग्न सबैसंग आग्रह!कालागि खटिन तयार भएका छन्।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:०१