२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

हरियो प्याज प्रतिकेजी ९० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


१ असार, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली ठूलो गोडभेँडा ४० रुपैयाँ, लोकलसानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४० रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ३०,मकै बोडी ४०,लोकल घिउ सिमी ३०, राजमासिमी ६०,भटमासकोशा १४०,मटरकोशा १४०,तितो करेला ३०,लौका ६०,परवललोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला२०,भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ६०,तोफु११०,लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ३० हरियो लसुन ६०, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ २८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ४०,दसहरी आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,कागती १६०,स्याउफूजी २८०,आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२०,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०९:१७