६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

पर्यटन मन्त्रीको सहयोगमा अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्योः सांसद आले

३२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथ तिर छिरेको भन्दै व्यङ्ग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद आलेले पशुपतिनाथमा भएको अनियमितताको छानविन गर्ने समितिका संयोजक देवी बराललाई हटाएर पर्यटन मन्त्रीले पुरस्कृत गरेको आरोप लगाए ।

उनले भने ‘ गत वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलो पटक २०७९ माघ १४ गते तार काटियो, पशुपति क्षेत्र विकास कोषका सदस्यको संयोजकत्वमा छानविन समिति गठन भयो । प्रतिवेदनले सत्य तथ्य पत्ता लगायो । तर पर्यटन मन्त्रीले तार काट्ने मुरालाई नसमातेर उल्टै छानविन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरुप सदस्यबाट हटाईयो । प्रतिवेदन लुकाईयो चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पायो र दोस्रपटक २०७९ चैत्र १४ गते चोरी गर्यो । फेरि २०८० जेठ २९ गते तार काटट्यो र घयाम्पे दान पेटिका हरायो । मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १२:४०