६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

भारतस्थित नेपाली राजदूत शर्माले हिन्दू धर्मको पक्षमा वकालत गरेः सांसद पन्त

३२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले भारतस्थित नेपालका राजदूतले हिन्दू धर्मको पक्षमा वकालत गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाइ राख्दै सांसद पन्तले भारतस्थित नेपाली राजदूत शंकर शर्माले घुमाएर हिन्दू राष्ट्रको वकालत गरेका छन् । उनले नेपाल हिन्दू राष्ट्र नै भएको भए राम्रा हुन्थ्यो भन्ने नेपाली जनताको भावना रहेको बताएर के भन्न खोजेका हुन?भन्ने प्रश्नपनि सांसद पन्तको थियो ।

उनले भने ‘ नेपालले भारतको नयाँभवनमा राखिएको नक्साबारे राजदूत शंकर शर्माको अभिव्यक्ति पनि ठीक भएन्। के भारतले दिएको परिभाषा नेपालले पनि स्वीकारेको हो ? राजदूत को भनाई आफैमा अन्तर विरोधी छ । यस बारे नेपाल सरकारको दृष्टिकोण के हो ?सदनलाई स्पष्ट पारियोस । ग्रेटर नेपालको नक्शामा सुगौली सन्धिर अघिको नेपाल र पछिको नेपाल स्पष्ट छुट्टाएको छ । तर भारतको नयाँ संसद भवनमा भएको  नक्सामा कुनै ढंगले पनि यहिलेको र पहिलेको नछुट्टाई समान ढंगमा वर्तमान भारतकै अंग जसरी देखाईएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १२:३५