२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

३२ जेठ, काठमाडाैं ।  नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकसमेत नियुक्ति गरेको छ।

बैंकले डिबेन्चर बिक्री प्रबन्धकका रुपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुईपक्षले समझदारी गरेका हुन्।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरुद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरुको उपस्थिति थियो।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ। पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्याउने विश्वास गरिएको छ।

नबिल बैंकले हाल देशका ७ वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : June 15, 2023 at 10:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/