२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

रातो आलु प्रतिकेजी ४० रुपैयाँ, कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?


३२ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४०रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ४०,मकै बोडी ४०,लोकल घिउ सिमी ३०, राजमासिमी ८०,भटमासकोशा १३०,मटरकोशा १६०,तितो करेला ४०,लौका ६०,परवल लोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला ३०, भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ६०,तोफु १००,लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ३० हरियो लसुन ६०, हरियो प्याज ६०, रायो साग ३०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ४०,दसहरी आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,कागती १६०,स्याउझोले २८०,आभोकाडो ५०० र मेवा भारतीय ११० र लिच्ची लोकल १२०,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १०:००