६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नेपालमा लैंगिक असमानताको ठुलो खाडल छः अध्यक्ष दाहाल

३१ जेठ, काठमाडौं । नेपाल अपाङग महिला संघका अध्यक्ष टिका दाहालले नेपाली समुदायमा अपाङगता भएका व्यक्तिबीच पनि लैंगिक असमानताको ठुलो खाडल भएको बताएकी छिन् ।

बुधवार काठमाडौंमा आयोजित अपाङगता भएका व्यक्तिहरुको अधिकारमा राष्ट्रिय सम्वाद कार्यक्रममा उनले अपाङगता भएको छोरी हुने वित्तिकै उसले बहुविभेदको सिकार हुन पर्ने अवस्था भएको बताईन ।

‘अपाङगता भएका व्यक्तिहरु आफैं हरेक क्षेत्रमा आफ्नो विकासको लागि राष्ट्रको योगदानको लागि जुट्नु नै कोशेढुङगा नै हो । हाम्रो अपाङगता क्षेत्रमा लगानी हुने कुरा पनि छोटो समयको लागि जस्तो देखिन्छ त्यो दिर्घकालिन हुँदैन् । जसले बोल्न सक्छ त्यो व्यक्ति मात्र अगाडी आएको र बोल्न नसक्ने व्यक्तिहरु भने सधै उहि अवस्थामा छ । अपाङता भित्र पनि लैंगिक असमानताको ठुलो खाडल छ । अपाङगता भएको छोरी हुने वित्तिकै उसले बहुविभेदको सिकार हुन परेको छ । हिंसा लुकायर दवायर राख्नु पर्ने कुरा छ । ’

उनले अपाङगताको क्षेत्रमा जति काम सरकार पक्षबाट हुनु पर्ने हो त्यो काम पुर्ण तरिकाले नभएको टिप्पणी गरेकी छन् । न्यायको लागि न्यायलय सम्म पुग्दा र पुगिसकेपछि पनि विभिन्न गाह्रो परिस्थतीहरु भएको उनको भनाई छ । अपाङगता भएका व्यक्तिहरुलाई सेवा दिने कुरामा राज्यको संयन्त्र बलियो नभएको बताएकी छन्

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:५९