२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघकाे निर्णय

३० जेठ, काठमाडाैं । असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे ।

संघको आज (मंगलबार) बिहान बसेको कार्यसमितिको बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे । अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असरमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन्। गत चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो । सोही ब्याजदरलाई हालसम्म यथावत राखिएकाे छ । संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।

प्रकाशित मिति : June 13, 2023 at 11:33 am