१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

१९० रुपैयाँमा मुक्तिनाथ विकास बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

३० जेठ, काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आज जेठ ३० गते मंगलबारबाट केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। हाललाई उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाडाैंकाे नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा ३५ दिनभित्र खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : June 13, 2023 at 10:22 am