आगामी वर्षदेखि विहान १० बजेट ल्याऔंः सांसद गिरी
२८ जेठ, काठमाडौं ।नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारले एक दिनको कारोबार पूरै ठप्प हुनेगरी बजेट ल्याउने गरेको भन्दै बिहान १० बजे बजेट प्रस्तुत गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि टिप्पणी गर्दै गिरीले पूरै एक दिन कारोबार बन्द गरेर अर्थतन्त्रमा क्षति पुर्याउन नहुने धारणा व्यक्त गरे ।
उनले भने ‘ ‘वार्षिक २० खर्बको अन्तर्राष्ट्रिय ब्यापार गर्ने देशले एक दिन कारोबार रोक्दा कति रकम गुमाइरहेको होला अनुमान गरौं । म सबै सरकार पक्ष र प्रतिपक्षदलका माननियहरुलाई यस विषयमा विचार गर्न आग्रह गर्दछु । र, आगामी वर्षदेखि कारोबर नरोकी बिहानै बजेट ल्याउने प्रथाको सुरुवात गरौं’, ।
सांसद गिरीले अहिलेको युगमा देशको स्वाभिमान र शक्ति अर्थतन्त्रसँग जोडिएको चर्चा गर्दै अर्थतन्त्र सुधार गर्न सबै मिलेर राष्ट्रिय सहमतिको प्रयास गर्नु पर्ने बताए ।
उनले भने ‘अहिले नेपाली अर्थतन्त्र सिथिल बनेको छ । अर्थतन्त्रलाई जनाउने सूचकहरु बलिया देखिएका छन् । रेमिट्यान्स बढेको छ । सोधानान्तर बचत राम्रो भएको छ । बैदेशीक ब्यापार ठिक ठाक छ । सेवा क्षेत्रको विस्तार हुँदैछ । सबैभन्दा ठूलो समस्या रहेको डलर सञ्चिति करिब १५ अर्ब पुग्न लागेको छ । यसका बाबजुद बजार चलायमान नहुँनुको कारण के होला ? यसलाई खोज्नु पर्ने काम हामी सबैको होइन । यो समस्या ठीक गर्न के गर्ने भन्ने विषयले बजेटमा प्राथमिकता पाउनु पर्ने थियो । त्यो भएन ।’
सांसद गिरीले उद्योगहरुलाई रोजगारीको आधारमा दिइएको अनुदान कटौती गरिएको उल्लेख गर्दै सकिन्छ भने उत्पादनमूलक उद्योगलाई दिदै आएको सहुलियतलाई निरन्तरता दिन आग्रह गरे ।
उनले भने ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडा सदस्यको स्तरमा पुर्याइ दिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्यो, केही पाइन्छ कि? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन् । ’
सांसद गिरीले आफुलाई झोले सांसद नै भन्न रुचाउने उल्लेख गर्दै हरेक दिन जनताको व्यक्तिगत समस्याको गुनासोको सयौं फोन आउने गरेको पनि बताए ।
प्रकाशित मिति : 13:39









