२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब, ३४ अर्ब ८१ करोड रुपैयाँको बोनस सेयर सूचीकृत

२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण साढे २६ खर्बमा कायम भएको हो ।

गत वर्षको यसै अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । साथै २०८० चैत सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९।८० को दश महिनामा १ खर्ब ६६ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड रुपैयाँ बराबरको बोनस शेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल २ खर्ब ८५ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु.१३ अर्ब ३५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब १ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब १५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३७ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ

प्रकाशित मिति : June 9, 2023 at 4:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/