२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

असार मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकले राष्ट्र बैंकबाट पाउनेछन् यस्ता सुविधा

२३ जेठ, काठमाडौं । आगामी असार मसान्तभित्र मर्जरमा गएर एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले विभिन्न सुविधा तथा छुट दिने भएकाे छ ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

आगामी असार मसान्तभित्र एकीकृत कारोबार संचालन गर्ने बैंकहरुले तोकिएको क्षेत्रमा कर्जा प्रवाह एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ । एकीकृत कारोबार संचालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ मिहनाको समय प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित मिति : June 6, 2023 at 1:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/