८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

दशैँको आशिष दिँदा के–के भनिन्छ थाहा छ ? अाफू जान्नुस र अरूलार्इ पनि भन्नुस

२ कात्तिक, काठमाडाैँ । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । यही क्रममा दशैँको टिकामा अाशिष दिँदा प्रयोग गरिने शब्दको विषयमा हामीले जानकारी प्रस्तुत गरेका छाैँ । धेरैले टीकामा अाशिष दिँदा एउटै शब्दहरू उच्चारण गर्ने भएपनि सबैले जानेका हुँदैन्। हामीले त्यसको अर्थ समेतलार्इ यहाँ प्रस्तुत गरेका छाैँ ।

आयुर द्रोणसुते, श्रियो दशरथे, शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानश्च दुर्योधने।
शौर्यं शान्तनवे, बलं हलधरे, सत्यन्च कुन्तीसुते,
विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तिश्च नारायणे।।

अर्थात्,
आयुर द्रोणसुते (द्रोणका छोरा अश्वत्थामाजस्तै लामो आयु होस्)

श्रियो दशरथे (दशरथको जस्तै श्रेय पाइयोस्)

शत्रुक्षयो राघवे (रामचन्द्रले जस्तै शत्रु नाश गर्न सकियोस्)

ऐश्वर्यं नहुषे (नहुष राजाको जस्तै ऐश्वर्य होस्)

गतिश्च पवने (पवनको जस्तो गति होस्)

मानश्च दुर्योधने (दुर्योधनको जस्तो मान कमाइयोस्)

शौर्यं शान्तनवे (सूर्यका छोरा कर्णजस्तो दानी होओस्)

बलं हलधरे (हलोधारी बलरामजस्तै बलवान् होओस्)

सत्यन्च कुन्तीसुते (कुन्तीका छोराले जस्तै सत्य बोल्नू)

विज्ञानं विदुरे, भवन्तु भवतां (विदुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको होओस्)

कीर्तिश्च नारायणे (भगवान नारायणको जस्तै कीर्ति हासिल गर्नू)

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार ०७:५६