२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

२२ जेठ, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ। कम्पनीले १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनी हकप्रद निष्कासन प्रयोजनार्थ गत वैशाख २७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले मात्रै कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : June 5, 2023 at 11:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/