१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न राप्रपाकाे प्रस्ताव पेस

२१ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् वैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गरे। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सो प्रस्ताव पेस गरिएको हो ।

प्रकाशित मिति : June 4, 2023 at 12:44 pm