१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

आन्दोलनरत सेयर लगानीकर्ता वार्ताका लागि पुगे अर्थमन्त्रालय

२१ जेठ, काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता छलफलका लागि अर्थ मन्त्रालयका पुगेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको करको व्यवस्थाको विरोध गर्दै ब्रोकर कार्यालयमा ताला लगाएर विरोध जनाउँदै हिडेका सेयर लगानीकर्ता आइतबार छलफलका लागि अर्थ मन्त्रालयमा पुगेका हुन् ।

लगानीकर्ताहरुले सरकारले गरेको करको व्यवस्था नहटाए आइतबार बाट सेयर कारोबार हुन नदिने, ब्रोकर बन्द गर्ने, टिएमएस खोल्न नदिने भन्दै आन्दोलन गरिरहेका छन् । विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै गत बिहीबारदेखि सेयर लगानीकर्ता आन्दोलित बनेका छन् ।

लगानीकर्ताको तर्फबाट तिलक कोइराला, केशब कोईराला, नयन बास्तोला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल, एसपी चौलागाई, रोहन कार्की छलफलमा सहभागी  भएका छन्।

सरकारको तर्फबाट अर्थमन्त्रालयक सचिव, सहसचिब, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तिरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली समेत रहेका छन्।

प्रकाशित मिति : June 4, 2023 at 11:21 am