१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

आफ्ना लागि भैँसी पूजा गरेका प्रचण्डले पत्नी सीताका लागि गरे विशेष पूजा

१९ जेठ, काठमाडौँ । २०६६ माघ २९ मा आफ्नै ग्रह शान्तिका लागि भन्दै नेपाली भूमिमा भैँसी पूजा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतको मध्यप्रदेशमा पत्नी सीताका लागि मन्दिरमा पुगेर विशेष पूजा गरेका छन । प्रचण्डले आज भन्दा १४ वर्षअघि भैँसी पूजा गरेका थिए । त्यसपछि पत्नी सीतासँगै पुनः बिबाह गरेर भोज दिएका प्रचण्डले चर्चा हुने गरी विशेष पूजा गरेका थिएनन् ।

यद्यपी नेपालको प्रधानमन्त्रीको हैसियतले चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले शुक्रबार भने महांकालको मन्दिरमा पत्नीका लागि विशेष पूजा गरे । जसका लागि भारतको उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा ५ घण्टा अन्य सर्वसाधाणलाई प्रवेशमा रोक लगाइएको थियो । प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डले पूजाका क्रममा नेपालबाटै लगेको रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएका थिए ।

प्रकाशित मिति : June 2, 2023 at 10:53 pm