२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

भर्नुभयाे त ? ११० रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्न पाउने आज अन्तिम दिन

१९ जेठ, काठमाडाैं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज जेठ १९ गते अन्तिम दिन रहेको छ।बैंकले गत जेठ १२ गतेदेखि बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे। उक्त लिलामी सेयरमा आज अपराह्न १ बजेसम्म मात्रै आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा संस्थापक सेयरधनी तथा अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले  आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि  र अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि धितोपत्र बिक्री प्रबन्धक काठमाडाैंकाे कमलपोखरीस्थित सनराइजन क्यापिटलमा खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : June 2, 2023 at 10:48 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/