१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

१२५ रुपैयाँमा सनराइज बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१८ जेठ, काठमाडाैं । सनराइज बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

उक्त सेयरमा सर्वसाधारण, अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि साे सेयर बिक्रीमा ल्याएकाे थियाे । बैंकले संस्थापक सेयरधनीका लागि साे सेयर खरिद गर्नका लागि ३५ दिनकाे समयसिमा निर्धारण गरेकाे थियाे तर उक्त समयमा संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेका कारणले साे सेयर अन्य व्यक्ति, कम्पनी र संस्थाका लागि बिक्री खुल्ला गरिएकाे हाे ।

साे सेयरमा लगानीकर्ताहरूले ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडाैंकाे गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : June 1, 2023 at 10:17 am