यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
१८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २८पैसा र बिक्री दर १६४ रुपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०९:३५