३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन्ः अर्थमन्त्री महत

१६ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सासद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि, त्यसबारे प्रष्टिकरण दिएका हुन् । उनले भने ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होईन् ।

यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईहरुले जुन पहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेट वक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनि उपयुक्त हुँदैन् ।’

उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकाशका कार्यक्रम पुगोस भनेर यसको व्यवस्था गरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चीत हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस भन्ने लक्ष्य सहित संसदीय विकास कार्यक्रम राखेको हो ।’ उनले भने ।

उनले सांसदको सिफारिसमा खर्च गर्ने गरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरु सिफारिस पनि गर्नु हुँदैन् ? सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका ,हामीले के भनेका छौं भने ५ करोडमा १ करोड भन्दा कम्तीको आयोजना हुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिका सिफरिस गर्ने मात्र हो । त्यस बाहेकका काम सम्बन्धीत मन्त्रालयले गर्छ ।’

प्रकाशित मिति : May 30, 2023 at 9:26 pm