२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कोशी प्रदेशको नामाकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रदेश सरकारको आग्रह

१६ जेठ, काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । मंगलबार कोशी प्रदेश सरकारले प्रेस विज्ञप्ति सार्वजनीक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गरेको हो ।

‘नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’

नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा नामकरण कोशी प्रदेश रहन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : May 30, 2023 at 8:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/