१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

जाल्पा सामुदायिक लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

१५ जेठ, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ। कम्पनीकाे जेठ १४ गते बसेकाे कम्पनीकाे बैठकले चौथो बार्षिक साधारणसभा असार ४ गते रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। साथै, सभाले संस्थाको जारी र चुक्तापुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने,गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 29, 2023 at 11:39 am