१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सगरमाथा आरोही हरि बूढामगरको सफलता नेपालको सफलताः केपी ओली

१४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरि बूढामगरको सफलता नेपालको सफलता भएको बताएका छन् ।घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बूढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले यो उनको संकल्प को सफलता भएको बताए ।

अध्यक्ष ओलीले भने ‘ यो हामी सबैकोको सफलता र साहसको सफलता हो । हामी सबै नेपालीको सफलता हो ,संकल्पको सफलता हो । केही गर्छु भन्ने अठोट हो । फेरि सगरमाथा चड्नुस भन्दिन म । ’ उनले बूढामगरको अद्भूतआत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्राजारी रहोस् भन्दै प्रशंसा समेत गरे ।

प्रकाशित मिति : May 28, 2023 at 12:44 pm