११० रुपैयाँमा कुमारी बैंकको करिब १५ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१२ जेठ, काठमाडाैं । कुमारी बैंकले आज जेठ १२ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानिकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
उक्त सेयरमा संस्थापक सेयरधनी, सर्वसाधारण, अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
लगानिकर्ताले लिलामी सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि जेठ १९ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक काठमाडाैंकाे कमलपोखरीस्थित सनराइजन क्यापिटलमा आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : May 26, 2023 at 9:43 am









