रकेट प्रदर्शन गर्न अमेरिका जाँदा लाग्ने खर्च सरकारलाई व्यहोर्न लगाउने छुः सांसद शाही
११ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शन गर्न जाँदा लाग्ने खर्च सरकारलाई व्यहोर्न लगाउने बताएका छन् ।
सीबीएम कलेजका विद्यार्थीहरुले तयार पारेको रकेट प्रदर्शनको बिहीबार अवलोकन गर्दै सांसद शाहीले नेपाली आविस्कारलाई अमेरिकासम्म पुर्याउन बजेटको लागि संसदमा पहल गर्ने बताए ।
उनले सदनमा आन्दोलन गरेर,सदन अवरोध गरेर भएपनि कुनै पनि हालतमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले भने ‘अब आउँने संसदका हरेक बैठकमा सम्बन्धित मन्त्रीलाई कुनै पनि हालतमा बजेट छुट्याउँको लागि दवाव दिइनेछ, सदनमा आन्दोलन गरेर भएपनि सदन अवरोध गर्न परे पनि गर्छौं तर बजेटको व्यवस्था गरिछाड्छौं, बाचा गर्छु बजेटका लागि सम्बन्धित मन्त्रीलाई भोलि नै पत्र पठाउँने छु ।’
प्रकाशित मिति : May 25, 2023 at 4:06 pm









