यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
१० जेठ, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६.४९ अकंले बढेर १९५९.१२ बिन्दुमा बन्द भएको छ । आज २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १४ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख, सोल्टी होटलको ५ करोड ६८ लाख र ओरियन्टल होटलको ४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:१२












