३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

उपचार पछि फर्केका सांसद भण्डारीले भनेः व्यवहारिक प्रयोगको शिक्षा दिनुपर्छ

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले व्यवहारिक प्रयोगको शिक्षाको विषयमा नेपाली पाठ्यक्रम अति कमजोर भएको बताएका छन् ।

गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले विज्ञानले गरेको विकासको प्रयोगको बारेमा हरेकलाई जानकारी गराउँन आवश्यक भएको बताए । आफुले भोगेको पीडा र उपचारपछि अवस्थाको अनुभव सुनाउँदै उनले भने ‘ अहिले जलन केस देशभरि फैलिएको छ, हामीले जसरी विज्ञानको विकास गर्यौ गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा विजुली पुग्यो तर हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्य पुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बच्चाहरु रोड क्रस गर्दा कसरी गर्ने वा ग्यास कसरी बाल्ने, विजुली कसरी बाल्ने भन्ने बारेमा आफ्नो देशको पाठ्यपुस्तकमा पढ्न पाउँछन् । तर हाम्रो विज्ञहरु, आर्थिक ज्ञाताहरु र नीति निर्माताहरुकसैलाई पनि यो कुरामा ध्यान गएन् । ’

प्रकाशित मिति : May 24, 2023 at 2:55 pm