२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जरलाई धिताेपत्र बाेर्डको अन्तिम स्वीकृति

१० जेठ, काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड  (सेबोन)ले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ ।

“धिताेपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७९ को” व्यवस्था बमोजिम यी २ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सेबाेनले जेठ १० गतेकाे पत्रमार्फत अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। मर्जरपछि यी दुई कम्पनीले यही जेठ १४ गते एकीकृत कारोबार सुरु गर्ने भएको छ । युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्।

प्रकाशित मिति : May 24, 2023 at 11:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/