१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सनराइज बैंकले बाेलायाे साधारणसभा, लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

१० जेठ, काठमाडाैं । सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंकले असार ३ गते आफ्नो १५ औं वार्षिक साधारण सभा आम्रपालि व्यांक्वेट,बालुवाटारमा बिहान ११ बजे बोलाएको हो ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।  यी दुबै बैंकले १ः१ अनुपातमा मर्ज जाने सहमति भएकाे छ। मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नामले एकीकृत कारोबार गर्ने तय भएको छ ।

प्रकाशित मिति : May 24, 2023 at 10:57 am