१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बढाउन लागेको अनुचित मूल्य तत्काल रोक्नुपर्छः सांसद पौडेल

८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनुचित रुपमा बढाउन लागेको मूल्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उपभोक्ताले स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तीय सेवा लिन पाउनले वातावरण हनन् भैरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले भने,‘इन्टरनेट कम्पनीहरुले मिलेमत्तोमा बढाउन लागेको मूल्य तत्काल रोक्न र उनीहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावराण बनाउन सरकारको ध्यानाकर्षण गराउछु ।’

कम्पनीहरुले सेवाको विस्तार गर्नतिर भन्दा रातारात मिलेर मूल्य बढाउन लागेको तथा सेवा अवरुद्ध हुँदा समेत ग्राहकलाई त्यसको भरपाई गर्नुपर्नेमा उल्टो त्यो समेत पालना नगरेको भन्दै उनले त्यसलाई तत्काल रोक्न आग्रह समेत गरे ।

उनले भने,‘आम सेवाग्राहीलाई मारमा पर्नेगरि सेवाग्राहीको बहुपक्षीय छनोट गर्न पाउने अधिकारलाई ब्यवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाईंदैन्।’

प्रकाशित मिति : May 22, 2023 at 1:31 pm