१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

भोटो देखाउने जात्रा विश्व सम्पदा सूचिमा राख्न पहल गर्नु पर्ने सांसद कार्कीको माग

८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा र बाह्रवर्षे जात्रा विश्वसम्पदा सूचिमा राख्न माग गरेकी छिन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमको बुदाँ ६५ देखि ६९ सम्म सांस्कृतिक सम्पदाको संरक्षणको विषय समेटिए पनि कला संस्कृतिको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहरमा राज्यको आँखा नपरेको भन्दै सो सम्पदा पुननिमार्णको माग गरेकी छिन् ।

उनले भनिन्, ‘७२ सालको भूकम्प पछि पुन निमार्णको कार्य सकियो भनेर पुन निमार्ण प्राधिकरण समेत विघटन भईसक्यो तर बुङ्मतिको रातो मछिन्द्रनाथ र खोकनाको रुद्रायनि मन्दिर भने ८ वर्ष देखि पुुननिमार्ण कुर्दा कुर्दा जिर्ण भइसके, सरकार कै हाम्रो सम्पदा राम्रो सम्पदा र पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रम अन्तरगत यो मन्दिरहरुलाई तत्कालै पुन निमार्ण सम्पन्न हुने गरि आगामि वर्षको आर्थिक वर्षमा बजेट विनियोजन गरियोस र रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा, १२ वर्षे जात्रा विश्वसम्पदा सूचिमा राखियोस भन्न चाहान्छु ।’

प्रकाशित मिति : May 22, 2023 at 12:46 pm