१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मुलुकको हितमा काम गरे सरकारलाई समर्थन गर्छौः सांसद बाँस्कोटा

७ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले सत्ता टिकाउन मात्र समीकरण गरेका टिप्पणी गरेका छन् ।आइतबार संसदको बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै उनले प्रधानमन्त्री खुट्टा कमाएर बसेको कारणले नै नेपालको हितमा काम गर्न नसकेको बताए ।

उनले भने ‘ कारबाही गर्न हामीले अवरुद्ध गरेकै छैन । गर्नु भनेकै छौं । त्यो त सरकारले गर्नसक्नु पर्यो नि । तथ्यका आधारमा सत्य स्थापित गर्यो जो कसैलाई कारबाही गर्यो । आग्रहको कुराको के अर्थ छर यो देशमा । हाम्रो मनमा केही छैन । हाम्रो साथ छ, धाप छ ,समर्थन छ, वाईवाई छ, भन्या हो नि । उहाँ गर्नु हुन्न खुट्टा लुगलुग बनाएर आउनु हुन्छ । सत्ता टिकाउन मात्र समीकरण हुन्छ भने यस्तो समीकरणको के काम लाग्यो र ?
उनले एमालेले जवाफदेहितासहितको लोकतन्त्र अपनाएको र मुलुकको हितको लागि काम गरेको बताए ।

राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्ने उनको भनाइ छ । उनले भारत भ्रमणमा जान लागेकोमा आफुहरुलाई कुनै आपत्ति नभएको तर त्यहाँ गएर देशको आवाज बोलेस भन्ने मात्र आफुहरुको चाहना भएको बताए ।

प्रकाशित मिति : 17:48